झिलझिले, २९ असोज–पवन राई स्मृति तेस्रो संस्करण प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिताको आज क्वाटरफाइनका दुई खेल सम्पन्न भएको छ ।
झापको शिबसताक्षी–११ झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेल मैदानमा बुधबार सम्पन्न भएको पहिलो खेलमा मोरङ उर्लाबारीको ढल्क्यो जोवन भेट्रान फुटबल क्लब र सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबले जीत दर्ता गरेको छ ।
ढल्क्यो जोवन भेट्रान फुटबल क्लबले दमक–लखनपुर भेट्रान फुटबल क्लबलाई ट्राईब्रेकरमार्फत पाखा लगाएको हो । निर्धारित समयमा गोलरहित भएपछि ट्राईब्रेकरतर्फ ढकेलिएको थियो ।
ट्राईब्रेकरमा दमक–लखनपुर भेट्रान फुटबल क्लबलाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । ढल्क्यो जोवन भेट्रान फुटबल क्लबबाट जर्सी नम्बर ९ मा नेपालका राष्ट्रिय टिमका पूर्व खेलाडी सुरेन्द्र तामाङ देखिएका थिए ।
त्यस्तैं, आजै भएको क्वाटरफाइनलतर्फको दोस्रो खेलमा बिर्तामोडस्थित चारपाने भेट्रान फुटबल क्लबसंग सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबले बाजी मारेको छ । निकै रोमाञ्चक खेलमा रामधुनी भेट्रान फुटबल क्लबले र चारपाने भेट्रान फुटबल क्लबलाई पाखा लगाएको हो ।

यता, भोली (बिहिबार) सेमिफाइनलतर्फको पहिलो खेल सुनसरीको रामधुनी भेट्रान फुटबल क्लब र झापाको पुर्वेली भेट्रान फुटबल क्लबबीच हुृने खेल (प्रतियोगिता) संयोजक जसु कुलुङ राईले जानकारी दिए । संयोजक राईका अनुसार असोज २६ गते आइतबारबाट सुरु प्रतियोगिताको फाइनल खेल कार्तिक २ गते हुनेछ ।
झिलझिले भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमहरु सहभागिता जनाएका थिए । भारतको एक भेट्रान क्लबसहित कोशी प्रदेशका चचिृत भेट्रान क्लबहरुले प्रतियोगितामा सहभागि जनाएका आयोजक क्लबका उपाध्यक्ष प्रदिप कार्कीले बताए ।
प्रतियोगिताका बिजेता भेट्रान क्लबले नगद १ लाख १ हजार १ सय ११ रुँयैया र उपबिजेता भेट्रान क्लबले नगद ५१ हजार ११ रुँपप्ैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष बमबहादुर राईले बताए ।
कुल १० लाख खर्च हुने प्रतियोगिताम अनुमान गरिएको आर्थिक संयोजक सन्तोष थेगिमले बताए । प्रतियोगिताका लागि आर्थिक सहयोग सङ्कलनका लागि खेलप्रेमीहरु, पूर्व खेलाडीहरु, संघसंस्था, व्यवसायी, रोजगकारका शिलशिलामााा बिदेशमा रहनुहुने साथीहरुमार्फत सहयोग जुटिरहेको थेगिमले जनाए ।

