काठमाडौँ, २९ असोज–नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

बुधवार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाइएको निगमले जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको छ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८स्५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८स्५० रुपैयाँ‚ सुर्खेत र दाङमा १६० रुपैयाँ र काठमाडौँ, पोखरा र दीपायलमा १६१ रुपैयाँ पर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *