दमक, ३० असोज–द-एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्नुका साथै सेवा केन्द्रहरुको इकाईगत निर्णयहरु एकीकरण तथा माइन्यूट प्रमाणीकरण गरिएको छ ।

दमक–५ मा केन्द्रीय कार्यालयसहित झापाको बुधबारे, बिर्तामोड, सुरुङ्गा र मोरङको उर्लाबारी सेवा केन्द्र मार्फत शेयर सदस्यहरुलाई कारोबारसम्बन्धि सेवा प्रदान गरिरहेको सहकारी संस्थाले वार्षिक बिहिबार चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बुद्धशान्ति गाउँपालिकाको बुधबारे सेवा केन्द्रमा असोज २६ गते आइतबारबाट इकाईगत वार्षिक साधारणसभा सुरु गरिएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिए ।

व्यवस्थापक भट्टराईका अनुसार बुधबारे सेवा केन्द्रपछि कनकाई नगरपालिका सुरुङ्गामा असोज २७ गते, बिर्तामोडमा असोज २८ गते र उर्लाबारीमा असोज २९ गते इकाईगत चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो सभामा चारवटा सेवा केन्द्रहरुबाट सङ्कलन गरिएको सल्लाह, सुझाव र जिज्ञासासहित निर्णयहरुलाई एकीकरण गरी वार्षिक सधारणसभाको समापनमा एकीकरण गर्दै माइन्यूट प्रमाणिकरण गरिएको व्यवस्थापक भट्टराईले बताए ।

सहकारी संस्थाका अध्यक्ष दीपक खरेलको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सो सभामा उत्कृष्ट बाल बचततर्फ एरिका शाह र मनिषा गिरीलाई स्कुल ब्यागसहित स्टेशनगरी सामाग्रीहरु प्रदान गरिएको थियो । संस्थामा आर्थिक वर्ष २०८१।०८२ मा बचततर्फ उत्कृष्ट कारोबार गर्नेहरु टीकापप््रसाद खनाल, सुनिलकुमार अग्रवाल, टंकबहादुर राना मगर र गोविन्द पराजुलीलाई दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चीनो प्रदान गरिएको थियो ।

त्यसैगरी, संस्थामा नियमति रुपमा मासिक बचत गर्नेहरुबाट उत्कृष्ट बचतकर्ताहरु सिता शेर्मा, पुष्पराज बिष्ट, मञ्जु मेखक लिम्बुलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित मायाको चीना प्रदान गरिएको थियो ।

ऋण परिचालनकर्ता मनबहाद् राउत, विजयता माझी र हिमाकुमारी गड्तौला कार्कीलाई सम्मान गरिउको थियो ।

सभामा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, मेनेजर क्लब झापाका अध्यक्ष तथा मेची बहुदेश्यीय सहकारी संस्थाका व्यवस्थापक खोमप्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तैं, सो सभामा राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड कार्यालय दमकका पवन घिमिरे, यामजी श्रेष्ठ, सुवासचन्द्र गड्तौला लगायतको उपस्थिति थियो ।

सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दीपक खरेलले आर्थिक वर्ष २०८१।०८२ को संस्थागत गतिविधिहरु, संस्थागत प्रगति, वित्तिय पक्षहरु, आगामी योजना, कार्यक्रम र योजनाहरुसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तैं, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक ताराप्रसाद अधिकारीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक युवराज सिग्देल र स्वागत मन्तव्य संस्थाका सचिव ज्ञाननाथ पौडेलले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *