झिलझिले, ३० असोज–झापाको झिलझिलेमा जारी पवन राई स्मृति प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा पूर्वेली भेट्रान क्लब बिर्तामोड बिजयी भएको छ ।

खेलको निर्धारित समयमा प्रतिद्धन्दी क्लब रामधुनी भेट्रान फुटबल क्लब सुनसरीले सहभागिता जनाउन नसकेपछि पूर्वेली भेट्रान क्लब बिर्तामोड बिजयी भएको प्रतियोगिता कार्यक्रम संयोजक जसु कुलुङ राईले जानकारी दिनुभयो । सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबले हिजो (बुधबार) सम्पन्न क्वाटरफाइनल खेलमा दमक–लखनपुर भेट्रान क्लबलाई रोमाञ्चाक खेलमार्फत पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

झिलभिले भेट्रान फुटबल क्लबले असोज २६ गते आइतबारबाट सञ्चालन गरेको प्रदेशस्तरीय भेट्रान फुटबल प्रिितयोगितामा रामधुनी क्लबको खेल प्रदर्शन उत्कृष्ट रहेको आयोजक संस्थाका अध्यक्ष बमबहादुर राईले जानकारी गराउनुभयो ।

रामधुनी भेट्रान क्लबले प्रतियोगिताको पहिलो खेलमा आयोजक झिलझिले भेट्रान क्लब (निलो) लाई सनसरीपूर्ण स्पर्धामा पाखा लगाउँदै क्वाटरफाइनलमा उक्लिएको थियो ।

कार्तिक २ गते आइतबार, प्रतियोगिताको फाइनल खेल हुनेछ । जसका लागि भोली (शुक्रबार) सेमिफाइनलका दोस्रुो खेल आयोजक झिलझिले भेट्रान फुटबल क्लब र उर्लाबारीको ढल्क्यो जोवन भेट्रान क्लबीच हुने प्रतियोगिता संयोजक जसु कुलुङ राईले बताउनुभयो । आज फाइनलमा प्रवेश गरेको पूर्वेली भेट्रान फुटबल क्लब र शुक्रबार बिजयी हुने क्लबीच कार्तिक २ गते फाइनलमा भिडन्त हुने राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता क्लबले नगद १ लाख एक हजार एक सय ११ र उपबिजेता क्लबले नगद ५० हजार १ सय ११ रुँपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका उपाध्यक्ष प्रदिप कार्कीले जानकारी दिनुभयो । झिलझिले भेट्रान फुटबल क्लबले यसअघि झिलझिलेमा दुईवटा प्रतियोगिताहरु सफलताका साथ सम्पन्न गरिसकेको आर्थिक संयोजक सन्तोष थेगिम लिम्बूले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन विद्यठित प्रतिनिधिसभाका सदस्य लालप्रसाद (एलपी साँवा) लिम्बूले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *