दमक, ३० असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २६औं वाािषर््कोत्सवमा दमकस्थित आम्दा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल र पिउने पानी वितरण गरेको छ ।
दमक–८ सेतुमारी रोडमा अवस्थित संस्थाले बार्षिकोत्सवका अवसर पारेर बुधबार सो अस्पतालमा उपचारत १५० जना विरामीहरुलाई फलफूल र पानी वितरण गरेको हो ।
संस्थाका अध्यक्ष एलडी राईको अध्यक्षता तथा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कट्टेलको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव विशेष कार्यक्रम गरि फलफूल वितरण गरिएको हो ।
फलफूल वितरणको शुभाम्भ गर्दे प्रमुख अतिथि मेसु डा.कट्टेलले सामाजिक सेवामा सहकारीले पुरयाँउदै आएको योगदान प्रंशसनीय भएको चर्चा गरे । सो अवसरमा उनले आम्दा अस्पताल सामुदायिक अस्पतालका रुपमा सुलभ मूल्यमै गुणस्तरिय विशेषज्ञ सेवा दिन प्रतिवद्ध भएको बताए ।
फलफूल वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष टंक दुलाल, आम्दा अस्पतालका सूचना अधिकारी सुमन नेपाल, संस्थाका सचिव दिपेनवाला राई, कोषाध्यक्ष पारषमणि राई , सदस्यहरु बासुदेव राई, यमुना भटटराई, विष्णु सुब्बा,राहत तथा सामाजिक कार्यक्रम उपसमितिका सदस्यहरु तेजकुमार लावती, मनु साम्पाड। र कर्मचारीहरु चन्द्र कन्दड्वा, सुर्यकुमारी तामाड, राजन केसी र हर्क लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच, बार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष राईले संस्थाको वृहत्तर हितका निम्ति सहयोग पुरयाँउने आम शेयर सदस्य तथा शुभचिन्तकहरुलाई आभारसहित धन्यवाद दिएका छन् ।
