झिलझिले, ३१ असोज–झापाको झिलझिलेमा पवन राई स्मृति कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान फुटबल क्लब बिर्तामोड र झिलझिले भेट्रान फुटबल क्लबबीच भिडन्त हुने भएको छ ।

आज (शुक्रबार) झिलझिले खैल मैदानमा सम्पन्न सेमिफाइनलको अन्तिम प्रतिस्पर्धात्मक खेलमा ढल्के जोवन उर्लाबारी मोरङलाई १–० ले पाखा लगाउँदै आयोजक झिलझिले भेट्रान फुटबल क्लब फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

असोज २ गते आइतबार हुने फाइनलमा यस अघिनै पूर्वेली भेट्रान फुटबल क्लब बिर्तामोड प्रवेश गरिसकेको छ । फाइनल खेलमा झिलझिले भेट्रान र पूर्वेली भेट्रान बिर्तामोडबीच भिडन्त हुने पक्कापक्की भएको हो ।

निकै प्रतिस्पर्धात्मका खेलमा झिलझिले भेट्रान क्लबले कठिन जित दर्ता गराएको हो । पहिलो हापको अन्तिम समयमा पूर्व राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङले झिलझिले भेट्रानका लागि गोल गरेका थिए । उनको त्यहि १ गोलले ढल्के जोवन भेट्रान फुटबल क्लब मोरङ उर्लाबारीलाई पाखा लगाउन सफल भए ।

दुबै टिमले पूर्व राष्ट्रिय खेलाडीहरु मैदानमा उतारेका थिए । ढल्के जोवनबाट सुरेन्द्र तामाङ, सागर घिमिरे, बिमल धिमाल लगायत खेलाडीहरु मैदानमा थिए भने झिलझिले भेट्रानबाट बुद्ध चेम्जोङ, बिशाल राई, बिष्णु सुनुवार, पूर्ण लिम्बु, कृष्ण शाक्य मैदानमा देखिएका थिए ।

ढल्के जोवन मोरङ (उर्लाबारी) ले झापाको दुधे भेट्रान फुटबल क्लब (शिबसताक्षी), दमक–लखनपुर भेट्रान फुटबल क्लब र झिलझिले भेट्रान फुटबल क्लब (निलो) लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा गनृ सफल भएको थियो । त्यस्तैं, झिलझिले भेट्रान फुटबल क्लब (रातो) ले भारतको डिएफसी भेट्रान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा ढल्के जोवनसंग भेट गर्न सफल भएको थियो ।

आजको खेलमा प्रेम लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद दुइ हजार पाँच सयसहित मायाको चीनो प्राप्त गरे । सो पुरस्कार प्रतियोगिताका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेमगर (मामा) र आयोजक झिलझिले भेट्रान फुटबल संघका अध्यक्ष बमबहादुर राईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

आयोजक समितिका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा र जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेमगर (मामा) को प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा शिबसताक्षी–११ का वडाध्यक्ष बहादुर आङ्बो, वडा नं ८ का वडा सदस्य सुरेन थिङ लामा, नेपालका पूर्व राष्ट्रिय खेलाडी, पूर्व कप्तान हरि खड्का, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशी, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राई, मोरङ उर्लाबारीका पत्रकार घनश्याम भण्डारी, युवा व्यवसायी श्याम साङपाङ राई, ढल्के जोवन भेट्रान फुटबल क्लब उर्लाबारीका अध्यक्ष मानबादुर मानबहादुर तामाङ लगायत उपस्थित थिए ।

प्रतियोगिताको बिजेता क्लबले नगद १ लाख १ हजार १११ र उपबिजेता क्लबले नगद ५० हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने झिलझिले भेट्रान फुटबल क्लब खेल संयोजक जसु कुलुङ राईले जानकारी दिए । संयोजक राईका अनुसार प्रतियोगितामा विभिन्न विद्यागत खेलाडीहरु, कोच र क्लबलाई समेत पुरस्कृत गरिनेभएको छ ।

असोज २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी साँवा) लिम्बूले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको सञ्चालन सचिव राम भेटुवाल र सुवास राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *