काठमाडौं, १ कात्तिक–नेकपा (एमाले) को केन्द्रीय कमिटीले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गरेको छ।

ललितपुरको भनिमण्डलमा तीन दिन बसेको केन्द्रीय समिति बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्कन आह्वान गर्ने प्रस्ताव पारित गरेको हो।

केन्द्रीय कमिटील मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले एमाले निर्माणमा योगदान गरेका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहेकाहरूलाई फर्कन आह्वान गरेको हो।

‘सिंगो राष्ट्र नै असामान्य संकटबाट गुज्रिरहेकव यस घडीमा केन्द्रीय कमिटीको यो बैठक विगतमा नेकपा ९एमाले०मा रहेर पार्टी निर्माणमा योगदान गर्नुभएको र विभिन्न कारणले अहिले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरूलाई घर फर्किन आह्वान गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ।

फर्कनेहरूलाई स(सम्मान पार्टीमा स्वागत गर्न तयार रहेको पनि पारित भएको प्रस्तावमा भनिएको छ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र त्यसपछि भएको नेकपा विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा ०७८ भदौमा एकीकृत समाजवादी गठन गरेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टीभित्र उनले नेतृत्व छाड्नुपर्ने दबाब बढेको छ।

पछिल्लो जेनजी आन्दोलन र त्यसपछि अरू राजनीतिक दलहरू नेतृत्व पुनर्गठनतर्फ अगाडि बढ्दा एकीकृत समाजवादीले भने पार्टी पुनर्गठनको प्रक्रिया थालनी गरेको छैन।

बरू उसले नेकपा माओवादी केन्द्र लगायत समाजवादी मोर्चामा आबद्ध दलहरूसँगको एकता प्रक्रिया अगाडि बढाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *