पुष्पकलम दाहाल 'प्रचण्ड'

काठमाडौँ, १ कार्तिक–नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद् विघटन गर्नेहरूले संसद् पुनःस्थापना माग गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।

आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए।

उनले वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचनमा लाग्न एमालेलाई आग्रह गरे। घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाइ छ। यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनी दिए।

प्रचण्डले भने, ‘पटक पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनःस्थापनका कुरा गर्नु जस्तो हास्यास्पद केही हुन सक्दैन। आजको यथार्थलाई स्वीकार गरेर नेकपा एमालेका साथीहरूलाई यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु। यसलाई भाँड्ने कुचेष्टा कसैले नगरौँ।’

उनले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओलीकै सिफारिसमा बनेको पनि दोहोर्‍याए। आफ्नै सिफारिसमा बनेको सरकारलाई हाहाहुहुको सरकार नभन्न उनको सुझाव छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *