काठमाडौँ, ७ कार्तिक–नेपाल त्रिकोणात्मक अन्ताराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ।

भारतको सिलोङमा भएको खेलको पूर्वार्ध गोलरहित बराबरीमा टुंगिए पनि उत्तरार्धमा सुरुवातमै नेपाल कमजोर सावित भयो।

४९ औं मिनेटमा विमला विकलाई बिट गर्दै इरानले पहिलो गोल गर्‍यो। ५२ औं मिनेटमा फ्री किकमा इरानले दोस्रो गोल गर्‍यो। ५७ औं मिनेटमा इरानले तेस्रो गोल गर्‍यो। यसरी आठ मिनेटमा इरानले नेपाललाई ३ गोल गरिसकेको थियो।

त्यसपछि एन्जिला तुम्बापो सुब्बाको सट्टा अन्जना राना मगरले पोष्ट सम्हालेकी थिइन्। प्रीति राई, कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र रश्मिकुमारी घिसिङले गोल फर्काउन गरेको प्रयास सफल भएन।

रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बाको प्रहार पनि गोल हुन सकेन।

१३ औं मिनेटमा इरानी खेलाडीको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापो सुब्बाले रोकिन्। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। इरानले लगातार दुई जितका साथ त्रिकोणात्मक सिरिज जितेको छ।

नेपाल र इरान ७ वर्षपछि आपसमा भिडेका हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *