काठमाडौँ, १० कार्तिक–नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन्। विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन्।

त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन्। तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो।

यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो। पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले कुनै पनि अङ्क जोड्न सकेन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *