झापा, १० कात्तिक–त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई जित दिलाइन्।

नेपालले खेलको दोस्रो मिनेटमै साम्बाको गोलबाट अग्रता बनायो। दोस्रो हाफको ६३ औँ मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल गरिन्। भारतका लागि ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्।

भारतले यसअघि इरानसँग पनि हार व्यहोरेको थियो भने नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। प्रतियोगितापछि नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल मंसिर १३ गते हुने तय भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *