काठमाडौँ, १४ कार्तिक–बिहीबारदेखिको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए।

राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी सडक अवरोध भएको छ।

अवरुद्ध सडक सहज बनाउन समय लाग्ने प्रहरीले जनाएको छ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *