नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौं, १८ माघ–नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दृष्टिकोण र प्रतिबद्धता नयाँ हुनुपर्ने बताएका हुन्।

‘यदी तपाईलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो रु प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो रु तपाईहरु अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ’ उनले भने।

नयाँ नै खोज्ने हो भने विशेष महाधिवेशनपछिको कांग्रेसको अहिलेको अवस्थामा नेपालको सबैभन्दा नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ।

‘माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी काँग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो भन्दा नयाँ पार्टी कुन चाँही छ अहिले ? उनले भने, ‘नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो’ उनले भने।

सभापति थापाले अहिले नयाँ भनिएका दलहरूको एकमात्रै उद्धेश्य चुनाव जित्ने मात्रै रहेको बताए।

ती मान्छेहरू हिजोका दिन कांग्रेस, एमाले, माओवादी लगायतका दल छाडेर आएको र चुनावकै लागि एक ठाउँमा जम्मा भएको उनले बताएका हुन्।

‘त्यही हो नयाँको परिभाषा रु चुनाव जित्नको लागि हिजो काँग्रेस छाडेर आएको मान्छे भए पनि भयो, एमाले छाडेर आएको मान्छे भए पनि भयो, माओवादी छाडेर आएको मान्छे भएपनि भयो । नयाँको परिभाषा के हो रु नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ?’ उनले भने।

उनले अहिलेको कांग्रेस बदलिएको कांग्रेस रहेको बताए। र बदलिएको कांग्रेसबारे घर(घर गएर जनतालाई बताउन उनले नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।

‘यो पुरानो काँग्रेस होइन, बदलिएको काँग्रेस हो । तपाईहरुले घरघर गएर बताउनुपर्छ यो काँग्रेसले देश समाल्छ, देश समाल्ने शक्ति चाहिएको छ । आगो लगाउन बडो सजिलो हुन्छ, भाद्र २४ गते लाग्यो त एकै दिनमा । के बाँकी छ, खरानी भएको छ । तर बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ । बनाउनलाई होसमा भएको शक्ति चाहिन्छ । बनाउनलाई समाल्ने शक्ति चाहिन्छ, धैर्यता चाहिन्छ, चेतना चाहिन्छ । यो काँग्रेससंग त्यो उर्जा पनि छ, काँग्रेससँग आँखामा सपना पनि छ । पेटमा भोक पनि छ, आगो पनि छ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *