गोकुल बाँस्कोटा

काठमाडौं, २१ माघ–नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गरेका छन्।

संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि उनले व्यंग्य गरेका हुन्।

नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको मुद्दा बोकेर सर्वोच्च गएका थिए। अदालतले फागुन २१ गतेको चुनावपछिका लागि सुनुवाइ धकेलेको हो।

‘सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ,’ उनले भनेका छन्।

गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने पनि उनले बताएका छन्।

बास्कोटाले थप लेखेका छन्, ‘अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *