कास्की, २१ माघ–दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बङ्गालादेशसँग खेल्दैछ।

पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ। भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। ४ टोली सहभागी खेलमा बङ्गालादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ।

बङ्गालादेशले भुटानलाई १२–० र भातलाई २–० गोलले पराजित गरेको हो।नेपालले एकमा हार र एकमा जितसहित ३ अंक, भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ।

नेपाल भारतसँग १–० ले पराजित भएको हो भने भुटानलाई २–१ ले पराजित गरेको हो। भारत बङ्गालादेशसँग २–० ले पराजित भएको थियो।

२ खेलमा हारेको भुटान अंकरहित छ। नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ। आफ्ना दुई खेलमा जित निकालेको बलियो टिम बंगलादेशलाई हराउन नेपाल कडा परिश्रम गर्नुपर्नेछ।

कमजोर मानिएको भुटान २ खेलमा पराजित छ। ४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्नेछ। साफ फुटबल माघ २४ गतेसम्म चल्नेछ।

सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *