धरमपुर, २१ माघ–झापा ४ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेद्वार हुनुभएका पुरुषोत्तम चूडालले शिबसताक्षी नगरक्षेत्रका मतदाताहरुसंगै घरदैलो र भेटघाटलाई तीब्र बनाएका छन् ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार हुनुभएको चुडालले शिबसताक्षीको धरमपुर, पाँचगाछी, शिबगञ्ज र सतासीधामका विभिन्न गाउँ तथा टोलमा पुगे।का छन् ।
त्यस्तै? उम्मेदवार चुडालले गौंरिगञ्ज गाउँपालिकाको वडा नम्बर १ माहाभारा र २ कोरोबारीसहित गौरादह नगरपालिकाको वडा नम्बर ९ बैगुनधुराका मतदाताहरुको घरदैलो र भेटघाट सम्पन्न गरिसकेका छन् ।
यसैवीच, शिबसताक्षी–१ धरमपुरमा आज सम्पन्न भेलाले निर्वाचन परिचालन कमिटी गठन भएको छ । धरमपुरको शुक्रकबारे बजारमा आयोजित भेलाले कानून व्यवसायीसमेत रहनुभएका नेता ज्ञानेन्द्र तिम्सिनाको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन वडा कमिटी गठन भएको हो । सो कमिटीको सहसयोजकमाा चन्द्र प्रसाद कडेल रहनुभएको छ ।
पार्टी नगर कमिटी अध्यक्ष दुर्गा नेम्बाङकाअनुसार शिबसताक्षीमा निर्वाचन लक्षित नगर स्तरीय र वडा स्तरीय कमिटीहरु गठन भइरहेका छन् ।
सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री झलकसिंह दर्लामी, उम्मेदवार पुरुषोत्तम चुडाल, नगर अध्यक्ष दुर्गा नेम्बाङ, ज्ञानेन्द्र तिम्सिना, चन्द्रप्रसाद कडेल लगायतको उपस्थिति थियो ।

