दमक, २१ माघ–नेपाली कांग्रेस पार्टीले झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन वा तालमेलको विषयमा प्रकाशित र प्रसारित समाचारको खण्डन गरेका छन् ।
निर्वाचन प्रयोजनसम्बन्धि उम्मेद्वारसहित पार्टी क्षेत्रीय समितिले झापा ५ मा प्रचारप्रसार र घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन भइरहेको समयमा कांगेसमाथि र मतदाताहरुवीच भ्रम छर्ने समाचारको खण्डन गरेका छन् ।
आज (बुधबार) दमकमा निर्वाचन परिचालन समितिअन्तर्गत चुनाव प्रसारप्रसार सुचना सञ्जाल समन्वय समितिले पत्रकार सम्मेलन गरेर पछिल्लासमय सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका समाचारको कांग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । पार्टी क्षेत्रीय समिति निर्वाचन परिचालन समितिअन्तर्गत सुचना सञ्जाल समन्वय समितिले प्रेष विज्ञप्ती प्रकाशनसमेत गरेका छन् ।
सो बिज्ञप्तीमा निर्वाचनको प्रचारप्रसार र घरदैलो भेटघाट कार्यक्रममा नेपाली कांग्रेसको बढ्दो लोकप्रिया देखेर अन्य पार्टीको प्रयोजनमा केही पत्रकारहरुले तथ्यह्रीन र भ्रमपूर्ण सुचनाका सामाग्रीहरु प्रकाशत वा प्रसारण गरेर पत्रकारितालाई बदनाम गरिएकोप्रती दुःख व्यक्त गरिएको छ । पत्रकारिता क्षेत्र र पेशागत कत्वर्य, निष्ठा, मूल्य, मान्यता, जिम्मेवारीलाई बुझ्न नसक्नु, निर्वाचनसम्बन्धि आचारसंहितालाई पालना नसक्नुले नागरिकको सत्य र तथ्य सुचन पाउने अधिकार हनन् भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
झापा ५ र सर्लाही २ मा तालमेल हुने भनेर प्रकाशित सूचनाले स्वेदश र प्रवासमा बसोबास गर्ने नेपालीहरुवीच भ्रम फैलाउने तथ्यह्रिन समाचारले कांग्रेसमाथि अनेकौ चासो, चिन्ता र प्रश्नहरु उठाइरहेका विषयमा सो विज्ञप्तीमा प्रष्ट बनाइएको छ । सो विज्ञप्तीमा भ्रम फैलाउने गलत प्रयास भइरहेकाले संचेत नागरिकहरुले त्यसको खबरदारी गरिनुपर्ने माग गरिएको छ ।
सुचना सञ्जाल समन्वय समितिका संयोजक पशुराम रिजालको अध्यक्षतामा र केन्द्रीय सदस्य सुरेश सुब्बाको प्रमुख आतिथ्यतामा पत्रकारसम्मेलन सम्पन्न भएको थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसबाट झापा ५ की प्रत्यासी उम्मेद्वार मन्धरा चिमरिया पौढेलको उपस्थितिमा पार्टी झापाका कार्यवहाका सभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति दुण्डीराज भण्डारी, दमकका कार्यवहाक सभापति प्रेम भट्टराई, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्रीय सभापति जीतु धिमाल, उमाकान्त आचार्य, राजेन्द्र सिटौला, चन्द्र खत्री, रेगिना भट्टराई प्रसाई, वीरेन्द्र पोख्रेल, रोशन बिष्ट लगायतका नेताहरुको उपस्थिति थियो । सो कार्यक्रमको सञ्चालन दमक–५ का वडासभापति चैतन्य बरालले गर्नुभएको थियो ।
