धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा यहि माघ २७ गतेबाट सप्ताहव्यापी श्रीमद भागवत महायज्ञ तथा धनधान्याञ्चल यज्ञ हुने भएको छ ।
मंगलबारे बजारमा अवस्थित त्रिलोकेश्वर शिव पञ्चायन मन्दिरले माघ २७ गते मंगलबारबाट फागुन ४ गते सोमबारसम्म आयोजना गर्ने सो महायज्ञको तयारी तीब्र बनाइएको छ ।
महायज्ञलाई व्यवस्थित गर्दै भब्य र सभ्बसहित सुसम्पन्न गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा ५ सय ५१ जना रहेको पुराण मूल आयोजक समिति गठन गरिएको छ ।
मूल आयोजक समितिअन्तर्गत १० वटा विभिन्न विषयत उपसमिति र सल्लाहकार समिति गठन गरिएको छ । पूजा तथा मण्डप उपसमितिको संयोजकमा सिता प्रसाई, प्रचारप्रसार उपसमितिको संयोजकमा अग्नी भण्डारी, स्वयंसेवक उपसमिति संयोजक बिबेक गुरुङ, अतिथी सत्कार उपसमितिको संयोजकमा बिष्णु चिमरिया, आर्थिक समितिको संयोजकमा बिनित बिमल, सरसफाई समितिको संयोजकमा योगेन्द्र अधिकारी, भोजन व्यवस्थापन समितिको संयोजकमा लीला कटुवाल र सल्लाहकार समितिको संयोजकमा खडानन्द घिमिरे रहनुभएका छन् ।
महायज्ञमा पंण्डित कृष्ण घिमिरेले कथावाचन र पंण्डित खडानन्द भण्डारीले पाठवाचक गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तैं, सो महायज्ञलाई नृत्य तथा गायनको माध्यमद्धारा संगीतमय बनाइने भएको छ ।
त्रिलोकेश्वर शिव पञ्चायन मन्दिरमा यसअघि दुईपटक महायज्ञ भएको र यसपटकको महायज्ञलाई अत्यन्तै भब्यताका साथ सम्पन्न गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल समितिका संयोजक चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । सो महायज्ञमाको उद्घाटका दिन कश यात्रासहित बजार परिक्रम गरिने भएको छ । सोही दिन ३ बजेबाट मण्डप पुजा आरम्भ हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
भोली (माघ २६) गते बुधबारदेखि फागुन ४ गते सोमबारसम्म पुजा आरती, पुष्पाञ्जली हुनेछ भने दैनिक ११ बजेबाट ३ बजेसम्म पाठ तथा कथा प्रवचन र प्रसाद वितरण हुने छ । प्रत्येक साँझ ७ बजेबाट १० बजेसम्म सध्याकालिन सत्रमा आरती महात्मीय संगीतमय पाठ कथा, भजन, कृतन ज्ञान मञ्च र झाँकी नाचहरु हुने मन्दिर व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र निङलेकुले जानकारी दिनुभयो ।
सचिव निङलेकुका अनुसार महायज्ञ सुरु भएको भोली पल्ट (माघ २८) बाट तुलादान, फागुन ३ गते साँझ दीपप्रज्वलन, श्रृगार, आरती, भजन कृतन र शिबरात्रीको पावन अवसरमा प्रवचन हुनेछ र फागुन ४ गते सोमबार पुर्ण आहुती, तिलक प्रसाद वितरण गरिनेछ ।
