कमल, २२ माघ–झापा क्षेत्र नं ५ अन्तर्गत कमल गाउँपालिका वडा नं २ (तोपगाछी) क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गए राती करीब ११.३० बजे अज्ञात समूहले उनको सम्पर्क कार्यालयका रुपमा राखिएको घरको झ्यालको सिसा फुटाएको रास्वपा क्षेत्रीय निर्वाचन परिचालन संयोजक भेषराज भट्टराईले जानकारी दिए ।

क्याम्पा बजारका स्थानीय जयप्रसाद अधिकारीले त्यहाँ सम्पर्क कार्यलय खोल्नलाई केही दिन अघि घरको भुई तल्ला उपलब्ध गराएका थिए ।

आपराधिक मानसिकता भएका र निर्वाचनलाई विथोल्ने तत्वहरुले सो घटना गराएको हुन सक्ने भन्दै रास्वापा कमल गाउँपालिकाका सभापति केदार चापागाईले तत्काल घटनामा संलग्नको खोजी गरी क्षतिपुर्ति सहित कडा कारवाहीको लागि सम्बन्धीत सुरक्षा निकायहरुसग माग गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *