काठमाडौँ, २६ माघ–कुखुराको अण्डाको मूल्य घटेकोे छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ६० रुपैयाँले घटेर ३७५ रुपैयाँ कायम भएको छ।

मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको थियो । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

पछिल्लो समय अण्डाको मुल्यमा घटबढ भइरहेको छ। माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ पुगेको थियो। गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो। मझौलाको ५५० रुपैयाँ थियो।

संघका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो। भारतीय अण्डा रोक्न संघले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेकोउनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *