गणेश प्रधान

दमक, २६ माघ–झापाको कमल गाउँपालिका (५ मा रहेको मंगलमय टोल विकास संस्थाको अध्यक्षमा पुनः गणेश प्रधान चुनिएका छन् ।

मंगलवारे वजारस्थित सगुन युवा क्लवको सभाहलमा सम्पन्न तेश्रो बार्षिक साधारणसभाले पुनः युवा व्यवसायी प्रधानको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

दमकमा सर्जिकल व्यवसायसंगै सामाजिक सेवामा सक्रिय प्रधान टोलसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा देवीप्रसाद राई, सचिवमा तुलसीप्रसाद तिवारी र कोषाध्यक्षमा दिलु गुरुङ चुनिएकी छन् ।

यसैगरि, मंगलमय टोल विकास संस्थाको सदस्यहरुमा एमवी कुमार तामाङ, विष्णुमाया धिमाल, प्रकाश राजवंशी, धनकुमारी राई र मैया बास्कोटा चयन भएकी छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *