दमक, २४ साउन–डेलिया मन्टेश्वरी स्मार्ट स्कुलले आज अभिभावक भेलासहित विद्यार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।

दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरी स्मार्टले चालु शैक्षिक सत्रमा आफ्ना अभिभावकहरुको वृहत भेलामार्फत राय–सुझाव, र सल्लाह सङ्कलन गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

सोही अवसरका बीच विद्यार्थीहरुको नियमित त्रैमासिक परिक्षाको रिजल्ट (नतिजा) प्रकाशनसमेत गरिएको छ ।

स्कुलका संस्थापक प्रिन्सिपल दीपक न्यौपानेले चालु शैक्षिक सत्रमा विद्यार्थीहरुको पठनपाठन, पाठ्यपुस्तकहरु, स्कुलको भवन, कक्षा कोठााहरु, खाजा तथा खानाको प्रवन्ध, यातायातका साधन, मर्मत, चालक (ड्राइभर) को समस्या, सडकको अवस्था, शिक्षक–शिक्षिकाहरु र प्रशसनवीचको आपसी तालमेत, नियमित बैठक, परामर्श, अन्तरक्रिया, विभिन्न उत्सव, चार्डपर्वमा गरिने गतिविधिहरु, सरसफाई, खेलकुद, सौचालय, खेलकुमद, मनोरञ्जन लगायतका बारेमा अभिभावकहरुवीच प्रष्ट पार्नुभएको थियो ।

त्यस अवसरमा अभिभावकहरुले आफ्ना नानी बाबूहरुको स्कुलमा पठाउँदा र छुट्टिपछि घरसम्म आइपुग्दाका गतिविधिहरु र स्कुलमा नानी बाबूहरुले प्रयोग गर्ने स्कुल ब्याग, पिउने पानी सहितको थर्मक्स (बोत्तल), कपी, किताम, पेन्सिल लगायात होमर्वक,हेण्डराइटिङ आदी इच्यादीका बारेमा स्कुलका प्रिन्सिपल र शिक्षक–शिक्षिकाहरुसंग सवाल जवाफ गरेका थिए ।

स्कुलकी निर्देशक बबिता बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिभावकहरुको तर्फबाट अनिलदेब राईले स्कुलले सञ्चालन गरिरहेका विभिद गतिविधिहरु स्वागत तथा सम्मन योग्य रहेको र आगामी वर्षमा थप रचतात्मक र सृजनात्मक कार्यका निम्ति शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा पिजी ग्रुपदेखि कक्षा–१ सम्मका टिचरहरुले क्रमश अलग अलग नजिता प्रकाशनसहितको फाइल वितरण गुर्नुभएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *