दमक, २४ साउन–झापाको दमकमा आइतबार नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेशको वृहत भेला सम्पन्न् भएको छ ।
दमकस्थित कनकाई पार्टी प्यालेसमा आयोजित वृहत भेलाले राष्ट्रिय वीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश समिति गठन गरिएको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा टीकाराम उप्रेती सर्वसम्मत चुनिनुभएको छ भने समितिको वरिष्ठ उपाध्यक्षमा जनक कोइराला, उपाध्यक्षद्धयमा रेणुका उप्रेती र उपाध्यक्षमा धिरज अग्रवाल चुनिनुभएको छ ।
समितिको सचिवमा नेत्रप्रसाद प्रसाईँ, महसचिवमा नबीन खरेल, कोषाध्यक्षमा विशाल अधिकारी सर्वसम्मत चुनिनुभएको छ । त्यस्तैं, समितिका सदस्यमा भगिरथ उप्रेती, कृष्ण विश्वकर्म, जीवत ज्योती बज्रचार्य चुनिनुभएको छ । समितिको १३ जना सदस्यमा आगामी बैडकले बाँकी ििरक्तरहेको पदमा पूर्ति गरिने भएको हो ।
यसअघि, केबी दर्लालको अध्यक्षतामा र नेपाल राष्ट्रिय वीमा अभिकर्ता संघका वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
त्यसक्रममा नेपाल राष्ट्रिय वीमा अभिकर्ता संघका सचिव श्रीप्रसाद सिटौला, महालक्ष्मी लाइफ इन्स्येरेन्स कम्पनीका हितबहादुर थापा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रीय उपाध्यक्ष तेजमणी प्रसाईले अभिकर्ताहरुको पेशगत स्वतन्त्रता र अधिकारका बारेमा आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका अभिकर्ता संघका अध्यक्ष नवीन ताम्राकारले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमलाई केन्द्रीय सचिव तेजप्रसाद तिवारीले सञ्चालन गर्नुभएको थियो ।
