धरमपुर (शिवसताक्षी), २६ साउन–शिवसताक्षी–१ धरमपुरस्थित धरमपुर बजारमा मंगलबार बिहानै स्थानीय क्लब र युवा खेलाडीहरु भेला भएका थिए ।

विहान–विहानै युवाहरु चोक बजारमा भेला हुनुको मुख्य कारण थियोः खेल सामाथ्रीहरु ग्रहण गर्न । खेल सामाग्रीहरु निःशूल्क पाउने खुशीयालीमा धरमपुरका युवाहरु उत्साहित थिए ।

तीन वर्षदेखि लगातार खेल सामाग्रीहरु वितरण गर्दै आएका धरमपुरका दुर्गा नेम्बाङ स्थानीय युवाहरुप्रती आशावादी छन् । नेम्बाङको एउटै उदेश्य होः युवाहरु विकृति, विसंगती र असमाजिक कार्यमा नलागुन् ।

नेम्बाङले आफ्नो गाउँ टोल र वडामा युवाहरु कला, साहित्य, ंसंगीत, संसकृति र खेलकुदको माध्यमद्धारा सामाजिक कार्यमा अग्रसर भएको हेर्न औधी चाहाना गर्छन् । युवाहरु नकारात्मक बाटोमा लागेर घर, परिवार र समाजलाई दुर्घन्धित भएको हेर्न वा सुन्न नपरोस भन्छन् ।

पेशाले नेम्बाङ किसान हुन् । नेम्बाङ समाजसेवा सक्रिय छन् । उनले पैसा भएर यी कामहरु गरिरहेका छैनन् । नेम्बाङmले १३ थान फुटबल र ३ थान भलिबल र १८ थान जर्सीहरुसमेत वितरण गरेका छन् ।

मंगलबार बिहान, धरमपुरमा एक कार्यक्रमका बीच नेम्वाङले फूलबारी एफसी, धरमपुर भलिबल टिम, चर्चावारी फुटबल एफसी, श्रीलक्ष्मी नारायण माध्यमिक विद्यालय फुटबल टिम, श्रीलक्ष्मी नारायण माध्यमिक विद्यालय भलिबल टिम, तिनकुने फुटबल टिम र डाँडागाउँ एफसीलाई खेल सामाग्रीहरु हस्तान्तरण गरे ।

खेल सामग्री वितरण गर्दै नेम्वाङले ग्रामीण तथा स्थानीय क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सामग्रीको अभाव हुन नदिन आफूले सकेको सहयोग गर्दै आएको बताउनुभयो।

खेलकुदले बालबालिका तथा युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय स्तरबाटै खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

खेल सामाग्रीहरु पाएपछि स्थानीय क्लब र खेलाडीहरूले खेलकुदमा अघि बढ्न थप हौसला मिलेको बताएका छन्। स्थानीय स्तरमा हुने यस्ता सहयोगले खेलाडीको प्रतिभा पहिचान तथा विकासमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ। समाजसेवी नेम्वाङ्गले यस अघि पनि खेलाडीहरुलाई १८ थान जर्सी र फुटबल प्रदान गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *