पत्रकार किशोर श्रेष्ठ

काठमाडौं, २९ साउन–आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको घरमा प्रहरीले दुई पटक खानतलासी गरेको छ।श्रेष्ठ पक्राउ परेपछि प्रहरीले बुधबार मध्यरातमा उनको घरमा खानतलासी गरेको थियो।

त्यसपछि बिहीबार दिउँसोदेखि नै श्रेष्ठको घरबाहिर सादा पोसाक तथा प्रहरी पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बिहीबार राति प्रहरीले पुनः श्रेष्ठको घरमा खानतलासी गरेको हो। खानतलासीका क्रममा कानुन व्यवसायी, पत्रकार तथा जनप्रतिनिधिसमेत उपस्थित थिए। उनीहरूको उपस्थितिमा प्रहरीले घरको पूर्ण खानतलासी गरेको जनाइएको छ।

खानतलासीपछि ललितपुर प्रहरी, काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घरमा जडान गरिएको सीसीटीभी क्यामराको रेकर्डर मुचुल्का उठाएर बरामद गरेको छ।

यसअघि बुधबार राति प्रहरीले श्रेष्ठको घरबाट केही ल्यापटप र मोबाइलसमेत लगेको थियो। त्यस्तै, बिहीबार बिहान ठाडोढुंगास्थित जनआस्था कार्यालयबाट प्रहरीले ६ थान सीपीयू, एक थान कम्प्युटर मनिटर र एउटा पुरानो मोबाइलसमेत बरामद गरेको जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *