झिलझिले, २८ साउन–झापाको शिबसताक्षीबाट प्रकाशन हुँदै आइरहेको सतासी साप्ताहिक पत्रिकाले आज १६औं वार्षिकोत्सव मनाएको छ ।
शिबसताक्षी–८ झिलझिलेवाट २०६९ साल साउन २८ गतेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक खबव पत्रिकाले १५औं जन्मोसत्व मनाएको हो ।
विहिबार, झिलझिलेस्थित सतासी साप्ताहिकको कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर जन्मोत्न्सवमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो ।
प्रकाशन समितिका अध्यक्ष योगेन लावोतीको अध्यक्षता र नेपाल प्राज्ञ प्रतिष्ठानका निवर्तमान प्राज्ञ सदस्य तथा वरिष्ठ कवि लेखक साहित्यकार मुनाराज शेर्माको प्रमुख आतिथ्यतामा जन्मोसत्व कार्यक्रम सम्पन्न भएको हो ।

जन्मोत्सव कार्यक्रममा सतासी साप्ताहिकका पूर्वसम्पादक तथा पत्रकार अनिलदेब राईले ग्रामिण क्षेत्रबाट पत्रिका प्रकाशन गर्नु कििठनाईसंगै त्यसलाई निरन्तरता दिइरहनु त्यतिकै चुनौतीपूर्ण रहेको सुनाए ।
सो कार्यक्रममा स्वागत मन्तव्यसहित पत्रिका प्रकाशनको औचित्यमाथि प्रकाश पार्नुहँदै पूर्वसम्पादक राईले आजको जस्तो इन्टरनेटसहितको डिजिटल प्रविधिको त्यति धेरै विकास नभएको अवस्थाका बारेमा व्यक्त गर्नुभएको थियो ।
पूर्व सम्पादक राईले सिमित स्रोत र साधनबाट पत्रिका बजारमा ल्याउनुपर्ने बाध्यता रहेको स्मरण गर्नुभयो । साताको सोमबार प्रकाशन हुने पत्रिकाले स्थानीय विषयवस्तुको उठान र त्यसको चर्चा र वहससहित आमनागरिको चासो र चिन्ता बढाउन मूख्य उदेश्य रहेको पूर्वसम्पादक राईले बताउनभयो ।
त्यस्तैं, कार्यक्रममाा पत्रिकाका प्रधान सम्पादकसमेत रहनुभएको मदन आश्रित बहुमुखी क्याम्पस केर्खाका सहायक प्रमुख प्रेम याम्फु राईले पत्रिकालाई राजनीतिक रंग नलागोस भनेर सम्पूर्ण दल वा नेताहरुप्रती बराबर र समावेशीकरण गर्दै उनिहरुको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ शेर्माले पत्रिकालाई समयसापेक्ष सुचना र समाचारलाई प्राथमिकतामा राख्दैं डिजिटल माध्यमद्धारा जनतावीचमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
वहाँले सञ्चार माध्यमहरु पंरम्परागत सोच र पुरानै अवस्थाका सुचना सामाग्रीहरुलार्ई परिवर्तन गर्दै नयाँ प्रविधिको विकाससंगै आएका विषयलाई उजागार गर्न सुझाउनुभयो ।
सो कार्यक्रममा वरिष्ठ गजलकार बिवश बलिभद्र कोइराला, पत्रकार छबिलाल डवाडी, कवि दिलिप राई, बिराट किराती, राजकुमार अनिश्चित, निहाङ किराती, रुमानी कुलुङ राई, लिम्बू भाषा, संस्कृति र मुन्धुमसम्बन्धि कलम चलाउनुहुने नेत्र नेम्बाङ, राम भेटुवाल, डिल्ली मेन्याङ्बो, पत्रकार किशोर राई, पत्रकार बिष्णु श्रेष्ठ लगायतको उपस्थिति थियो ।
पत्रिकाका कार्यकारी सम्पादक तथा वरिष्ठ कवि तथा साहित्कार सेलिङ केसीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सतासी साप्ताहिक १६औ वर्ष पुगेको केक काटिएको थियो भने पत्रिका प्रकाशन समितिका अध्यक्ष लावोतीले वार्षिकोत्सवमा प्रकाशन समिति, सम्पादक टिम, बिज्ञापनदाता, समाचारदाता र शुभेच्छुकहरुप्रती हार्दिक आधार तथा धन्यवाद व्यक्त गर्नुभयो ।

