दमक, ३ भदौं–दमक उद्योग वाणिज्य संघको ३६ औ स्थापना दिवसको अवसरमा भदौं ५ र ६ गते हुने चौथो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

संघले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि विगतका वर्षझै यसवर्ष पनि अन्तर व्यवसायीहरुबीच फूटसल प्रतियोगितालाई निरन्तरता दिइएको र आवश्यक सवै तयारी पूरा भएको जानकारी दिएको छ ।

संघका अध्यक्ष देवीप्रसाद गुरागाईँले यहि भदौं ५ र ६ गते हुने फूटसल सभ्य र भव्य रुपले सम्पन्न गर्नका लागि आवश्यक सवै तयारी पूरा भएको र यसलाई आगामी वर्षदेखि रनिङ शिल्डका रुपमा लैजान लागिएको बताए । आगामी वर्षदेखि यो फूटसललाई हामीले रनिङ शिल्डका रुपमा आयोजना गर्ने निर्णय गरिएको उनले जनाए ।

दमक-५ गोर्खालीटोलस्थित विष्ट फूटसल खेल मैदानमा हुने उक्त प्रतियोगितामा संघमा आवद्ध अन्तर बस्तुगत ११ वटा टिम सहभागी हुने छन् ।

पत्रकार सम्मेलनमा फूटसल प्रतियोगिताका संयोजक समेत रहेका दमक उद्योग वाणिज्य संघका सदस्य कृष्णराज दाहालले खेलको तयारी र अन्य व्यवस्थापकीय विषयमा जानकारी गराएका थिए । उनका अनुसार प्रतियोगितामा विजेता हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ, उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ र एउटा अनुशासित टिमले नगद ३ हजार ३ सय ३३ रुपैयाँ ,ट्रफि तथा प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै, म्यान अफ दि टुर्नामेन्टलाई २ हजार ५ सय २५ रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई २ हजार २ सय २२ रुपैयाँ र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ११ सय ११ रुपैयाँ पुरस्कार वितरण गरिने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका खेलकुद समितिका सभापति कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा हुने उद्घाटन खेलमा पहिलो चरणका सवै खेल सञ्चालन हुने जनाईएको छ ।ब्यवसायीहरुको व्यस्त समयका बाबजुद खेलकुदका माध्यमबाट आत्मियता बिकास गर्ने र खेलुकदका माध्यमबाट स्वस्थ रहन अभिप्रेरित गर्ने उद्धेश्यले संघले नियमित रुपमा फूटसल आयोजना गरिआएको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष विजय बरालसहित संघका कार्यसमिति पदाधिकारी, सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु तथा खेलकुद उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *