दमक, ४ साउन–झापाको दमकमा आजदेखि तेजस् डेन्टल क्लिनिकले औपचारिक सेवा शुभारम्भ गरेको छ । दमक–६ बेलडाँगी रोडस्थित केडी कम्पेलेक्सको ग्राउण्ड फलोरमा सञ्चालित तेजस् डेन्टल क्लिनिकले औपचारिक सेवा शुभारम्भ गरेको हो ।
डेन्टलका सञ्चालक कमल गैरेको अध्यक्षतामा र दमक नगर प्रमुख रामकुमार थापाको उपस्थितिमा तेजस् डेन्टल क्लिनिकको उद्घाटन गरिएको हो ।
सो अवसरमा नगर प्रमुख थापाले दमकमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र सेवामुखी बनाउन जररी रहेको औल्लाए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायीक दृष्ट्रिकोणले व्यवसायीहरको हित र अधिकार लागि संघले अभिभाकत्व प्रदान गर्नेमा जोड दिए । अध्यक्ष गुरागाईले सवै व्यवसायलाई बाणिज्य संघमा आवद्ध हुन र आन्तरिक राजस्व कार्यालयबाट दर्ता हुनसमेत आग्रह गरे ।
तेजस डेन्टल क्लिनिकका सञ्चालक गैरैले दमकमा डेन्टलसम्बन्धिको उपचारमा देखिएका भ्रम र समस्याहरुलाई पुरा नर्ग डेन्टल क्लिनिक स्थापष्ना गर्नुपरेको बताए । गैरैले ढेन्टलको उपचारमा लाग्ने शुल्क अत्यन्तै महङ्गो छ भन्ने बुझाईलाई गलत भन्न र दाँतसम्बन्धिका ठूला समस्या र उपचारका लागि टाढा जानुपर्ने समस्यालाई न्यूनिकरण गर्न दमकमा तेजस् डेन्टल क्लिनिक सञ्चालनमा आएको बताए ।
उद्घाटनको अवसर बनाएर तेजस् डेन्टलले विभिन्न खालका कार्यक्रमहरु मार्फत सामाजिक उक्तरदायित्वमा बहन गर्ने योजना रहेको सञ्चालक गैरैले जानकारी दिए । त्यस्तै, तेजस् डेन्टल क्लिनिकसँग वाािषर््क रुपमा सम्झौता गरेर उपचारमा लाग्ने शुल्कमा सहमतिपत्र (सम्झौता) बनाएर काम गरिरहेको गैरैले बताए ।
तेजस् डेन्टल क्लिनिकमा दाँत तथा मुखसम्बन्धी परीक्षण र उपचारका साथै विशेषज्ञ चिकित्सकमार्फत विभिन्न दन्त उपचार सेवा उपलब्ध हुने जनाइएको छ। क्लिनिकमा अर्थोडोन्टिक्स, दाँत भर्ने, जरादेखि उपचार, दाँत निकाल्ने, इम्प्लान्ट, कृत्रिम दाँत तथा मुखसम्बन्धी शल्यक्रियालगायतका सेवा उपलब्ध हुने बताइएको छ।
क्लिनिकमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सर्बशुलभ र सहज सेवा बनाइने सञ्चालक गैरेले जानकारी दिए । डेन्टल क्लिनिकमा बिहान ७ बजे देखि बेलुका १० बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ।
तेजस् डेन्टल क्लिनिकमा विशेषज्ञ डाक्टर रमण ढ्ुंङ्गेल, डाक्टर मोलिका श्रेष्ठ, डाक्टर टकध न्यौपाने, डाक्टर कमल श्रेष्ठ, डाक्टर सायारा ढकाल, डाक्टर सुरज शाहले दैनिक सेवा दिने छन् ।

