झिलझिले (शिवसताक्षी), ८ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेमा मूख्य कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०औँ स्थापना दिवसका अवसरमा संस्थापक सदस्यलाई सम्मान गरेको छ।
२०६४ सालमा तत्कालिन सतासीधाम गाविस वडा नम्बर ५ झिलझिले बजारमा छिमेकी बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको हो । छिमेकी सहकारी संस्था स्थापना गर्न प्रारम्भिक चरणमा पुर्याएको योगदानको कदर गर्दै ७१ जना संस्थापक सदस्यलाई आइतबार, झिलझिलेमा एक भब्य समारोहवीच सम्मान गरिएको हो।
छिमेकी सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष उदयप्रकाश राईको अध्यक्षतामा र सल्लाहकार संयोजक गंगाप्रसाद ओलीसहित विभिन्न व्याक्तित्वहरुले ७१ जना संस्थापक सदस्यहरुलाई सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा संस्था स्थापनाकालमा योगदान गर्नुहुने हालः दिवगंत हुनुहुने ६ जना संस्थापक सदस्यहरुलाई परणोपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानितहरुको ििशक्षिका रुमा सुवेदी, इन्द्रप्रसाद प्रसाईंले आफ्ना शुभकामना विचारसहित मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमवीच छिमेकी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक समिक्षत्ममसमेत सम्प्रन्न भएको थियो । त्यस कार्यक्रममा छिमेकी साकोसका कार्यकारी प्रमुख नबीन ओलीले आसन्न संस्थाको वार्षिक साधारणसभामा प्रस्तुत गरिने विक्तीय अवस्था र त्यसको प्रगतीको बारेमा प्रष्ट पारेका थिए । ओलीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय कारोबारको समीक्षात्मक सूचिलाई सचित्र प्रस्तुत गरेका थिए।
छिमेकी साकोसका अध्यक्ष राईले छिमेकी वचत तथा ऋण सहकारी संस्था २०६४ साल भाद्र ४ गते औपचारिक दर्तासंगै स्थापना गरिएको बताए ।
अध्यक्ष राईले झिलझिलेमा मुख्य कार्यालयसहित शिबसताक्षी–२ मंगलबारे बजार, शिबसताक्षी–४ को जनता बजार, कमल गाउँपालिका वडा नम्बर ३ को केर्खा बजार, कनकाई नगरपालिकाको सुरुङ्ग बजार र दमक नगरपालिकाको वडा नम्बर ७ हनुमान मन्दिर नजिकै सेवा केन्द्र मर्फत सदस्यहरुलाई वचत तथा ऋणसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको जानकारी दिए ।
सो कार्यक्रममा संस्थापक अध्यक्ष तीर्थबहादुर खड्का, पूर्व अध्यक्ष गणेश प्रधान, पूर्व अध्यक्ष मोहन मैनालीसहित संस्थापक सदस्यहरु, कर्मचारीहरु लगायतका उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । संस्थाका सदस्य परशुराम ढुङ्गानाले स्वागत मन्तव्य र संस्थाका सचिव विनोद सापकोटा र संस्थाका कर्मचारी केशव आचार्यले सञ्चालन गरेका थिए।





