ललितपुर, १५ भदौं–नेकपा (एमाले०) रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । उक्त रकम बराबरको सहयोग पार्टीले स्थानीय एवम् प्रदेश सरकारको समन्वयमा वितरण गर्ने रणनीति बनाएको छ ।
आज सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनाका पिडीतहरुका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गरिने बताएका हुन्।
‘सरकारको कोष ९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष०मा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ। हाम्रो प्राथमिकता उक्त कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो’ उनले भने।
अध्यक्ष ओलीले राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने पनि बताए।
