दमक, १६ भदौं–दमक जेसीजले भदौं १७ गतेदेखि जेसीज सप्ताह सञ्चालन गर्ने भएको छ । दमक जेसीजले आज (मंगलबार) दमकमा पत्रकार सम्मेलन गरेर जेसीज सप्ताह अन्तर्गत समेटिएका कार्यक्रमहरुका बारेमा जानकारी गराइएको छ ।
दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीले समुदायसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण अवसरका रूपमा लिँदै व्यापक सहभागिताका लागि आग्रह गर्नुभयो ।
अध्यक्ष बिमलीका अनुसार जेसीज सप्ताहअन्तर्गत कमल–७ का पाणिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई दुर्घटना बीमा गरिदिने, किओच बाल अस्पतालमा सार्वजनिक पुस्तकालय हस्तान्तरण, दमक ७ को स्वास्थ्य केन्द्रलाई रेफ्रीजेटर प्रदान गर्ने लगायतका कार्यक्रमहरु छन् ।
यसैगरि खुला ब्याडमिन्टन प्रतियोगिता, बिधालयका बस चालक तथा सहचालकलाइ ट्राफिक सचेतन्ना लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बिमलीले जानकारी दिए।
जेसीजले सप्ताहलाई औपचारिकतामा सीमित नराखी समुदायको आवश्यकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम तय गरेको सो अवसरमा जानकारी दिइएको छ ।
