पाडाजुँङ्गी (कमल)–पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको इतिहासलाई समेटेर प्रस्तुत गरिएको चलचित्र ‘वीरताको गाथा’ झापाको कमल गाउँपालिकाबाट प्रदर्शन गरिनेभएको छ ।
वडा दशैं र तिहार लगायतका चार्डपर्वलाई अवसर बनाएर झापाको कमल–२ क्याम्पास्थित कमला–मदन आश्रित माध्यमिक विद्यालयमा आज (सोमबार) प्रर्दशन गरिनेभएको हो ।
सो चलचित्रका निर्देशक तथा निर्माता रिमेश अधिकारीले पत्रकारहरुसंग भेटघाट गरेर वीरताको गाथा को कथा वस्तु, यसको सन्देश र प्रदर्शनको तयारीका बारेमा जानकारी दिए ।
कमल–५ पाडाजुँङ्गीको रोड स्ट्रार पार्टी प्यालेसस्थित बनमारा क्याफेमा आइतबार चलचित्र वीरताको गाथा निर्माण पक्षले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाली सेनाको विशेष सहयोगमा तयार भएको चलचित्रलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गरिने निर्देशक तथा निर्माता अधिकारीले जानकारी दिए ।
निर्देशक तथा निर्माता अधिकारीका अनुसार वर्तमान नेपालको एकीकरण र निर्माणमा पृथ्वीनारायण शाहले देखाएको वीरता र सघर्षका कथा वस्तुलाई चलचित्रमा देखाउन खोजिएको हो । त्यस्तैं, पृथ्वीनारायण शाहले राज्यहरु एकीकरण गर्दै सुगौलीसन्धिसम्मको इतिहास चलचित्रको पर्दामा देखाउन प्रयत्न गरिएको अधिकारीले पत्रकारहरुलाई बताए ।
वीरताको गाथामा व्यवसायीक कलाकर्मी समावेश नगरिएको निर्देशक तथा निर्माता अधिकारीले जनाए । पुराना इतिहासका विषयवस्तु भएर हो, व्यवसायीक कलाकारहरु समावेश नगरिएको, अधिकारीले भने–एक घण्टा बढी समयसम्मको चलचित्रलाई मनोरञ्जन बनाउन दुईवटा गीत समावेश गरिएको छ । चलचित्र वीरताको गाथाले हाम्रो भाषा, संस्कति र पर्यट्रनको प्रचार–प्रसार र संरक्षणमा टेवा पुग्ने अधिकारीले बताए ।
२०५७ सालदेखि नेपाली चलचित्र निर्माणमा प्रवेश गरेका अधिकारीले यसअघि नालापानी, बसमा छैन यो मन, तस्वीर, बिरोध लगायतका चलचित्रहरु निर्देशन र निर्माण गरेका छन् ।
अधिकारी झापा कमल गाउँपालिकाका स्थाईवासी हुन् । पत्रकार भेटघाटमा पूर्वशिक्षक एबम् कवि विजय अधिकारी, पत्रकार नारायण वस्नेत लगायत सहभागि थिए ।
