झिलझिले, २ कात्तिक–घरको छतबाट हामफालेर झापाको शिवसताक्षीमा आइतबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी–९ दुधे शान्तिमार्ग बस्ने ३० वर्षीय पुजन काम्बाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो १२.३० बजे काम्बाङले आफ्‌नै अढाई तले घरको छतबाट हामफालेका हुन् । छतबाट झरेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पुजन डिप्रेसनका विरामी रहेका थिए । केही दिनअघि मात्र उनलाई सुधारगृहबाट घर ल्याइएको थियो । घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *