कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौँ, ११ कार्तिक–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ।

जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो। ऊ कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको थियो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन, कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए।

जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता विना रन आउट भए । ललित राजवंशी एक रनमा आउट र राहुल यादव एक रनमा अविजित रहे।

बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए। नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एक विकेट लिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *