An editorial image of domestic tourists enjoying a boat ride on the Saptakoshi River near the famous Barahakshetra temple in Sunsari, Nepal. The photo was taken on May 12, 2025, showcasing the popular waterway that connects Chatara to Halede in Bhojpur.

विराटनगर, ११ कार्तिक–कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

गत कात्तिक ८ गते आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा यात्रुवाहक पानीबोट दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको मन्त्री शेर्पाले बताए ।

यसैबीच, दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

गोताखोरसहितको टोली परिचालन गरी दुई दिनदेखि बेपत्ता तीन जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए ।

दुर्घटनामा परेको मोटरेबल पानीबोटसमेत फेला पर्न सकेको छैन । खोजी कार्य जारी रहे पनि बेपत्ता व्यक्तिहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेशको पर्यटन प्रवर्द्धन र पर्यटकीय सेवालाई व्यवस्थित बनाउने उद्देश्यले ‘कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोसी प्रदेशसभासमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *