काठमाडौं, १४ कार्तिक–प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको छ ।
शुक्रबार नयाँ पत्रिकाको कार्यालयमै पुगेको प्रहरी टोलीले पत्रकार मैनालीलाई ब्युरोमा उपस्थित गराउन भनेको थियो ।
नयाँ पत्रिकाका अनुसार पत्रिकाका तर्फबाट कानुनी प्रक्रियाअनुसार औपचारिक पत्र पठाउन माग गरिएको थियो । त्यसपछि प्रहरी टोलीले ‘भोलि १० बजे साइबर ब्युरोमा उपस्थित गराइदिनु’ भन्दै मौखिक जानकारी गराएर फर्किएको हो ।
तर, कुनै औपचारिक पत्र वा पक्राउ पुर्जीबिना प्रहरी टोली समाचार कक्षमै प्रवेश गरेर त्रसित बनाउने शैली अपनाएको भन्दै पत्रिकाका प्रतिनिधिले आपत्ति जनाएका थिए ।
नयाँपेजबाट

