काठमाडौं, १४ कार्तिक–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
उनले विनापुर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गर्दै सरकारलाई आफ्नो कार्यशैली सच्याउन सचेत गराएका छन् । उनले फाँसीवादको प्रस्ट संकेत भएको समेत बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फाँसीवादको स्पष्ट संकेत भएको बताएका छन् ।
उनले विना पक्राउ पुर्जी पक्राउ गर्ने कार्यले नागरिकमा त्रास फैलाउने उल्लेख गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने संकेत गरेका छन् ।
सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासन सञ्चालनको शैलीलाई विधिसम्मत बनाउन नसके त्यही जनमत उल्टिन समय नलाग्ने उनले चेतावनी समेत दिएका छन् । सरकार समयमै सचेत हुनुपर्ने पोखरेलको भनाइ छ ।
‘विनापुर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्न’ फाँसीवादको प्रस्ट संकेत होु, उनले भनेका छन्, ‘सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन । समयमै सचेत हुनु राम्रो !’

