चन्द्र भण्डारी

काठमाडौं, १७ कार्तिक–नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले कुनै पनि विषयमा पूर्वाग्रह वा प्रतिशोध नराखी निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

उनले छानबिनको उद्देश्य आनन्द, प्रतिशोध वा पूर्वाग्रह नभई न्याय, सत्य र जवाफदेहिता हुनुपर्ने बताएका छन् । साथै, विधिको शासन र निष्पक्षताको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् ।

भण्डारीले बिचौलियासमेत राज्यको नियमन र नियन्त्रणभित्र रहने उल्लेख गर्दै जिम्मेवारी पाएका निकायलाई आफ्नो काम पूरा गरी परिणाम दिन आग्रह गरेका छन् । ‘दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊस विषयान्तर होइन,’ उनले भनेका छन् ।

उनको यो अभिव्यक्ति बिचौलिया प्रकरणमा निष्पक्ष छानबिन र जवाफदेहिताको मागका रूपमा आएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *