दमक, १५ कार्तिक–पूर्वाञ्चल नाजरिन युवा संगती नेपाल (एनवाईइ) ले आइतबार विहान दमकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । दमक–१ सूर्योदय टोलमा अवस्थित सिनै नाजरिन चर्चमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक पालिका शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा सो चर्चका प्रमुख पाष्टर वीरेन राई, पाष्टर भक्त लिम्बू, पाष्टर वीरबहादुर राई, पाष्टर अह्र राई, पाष्टर बालकुमार सुनुवार, पाष्टर जगत राई, अपर्ण राई, शुक्रराज राई, डेनी राईसहित ७५ जनाले रक्तदान गर्नुभएको थियो ।

सो कार्यक्रममा सिनै नाजरियन मण्डलीका पाष्टर वीरेन राईले मानवीय सेवा प्रति इसाई धर्मावलम्वीहरुको प्रेम, एकता, सहकार्य र योगदान बढाउन र देशभरका अस्पतालहरुमा रगतको चरम अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
पाष्टर राईले रगत नियमित दान गर्न आफ्ना मण्डलीका दाजुभाई तथा दिदीबहनीहरुमा सकारात्मक शिक्षा र संचेतना फेलउनका लागि पनि वार्षिक रुपमा रक्तदान कार्यक्रमहरु आयोजना गरिदै आएको जानकारी दिनुभयो ।

पाष्टर राईका अनुसार सिनै नाजरिन चर्चमा चौथो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको र आगामी वर्षमा पनि यसलाई निरन्तरता दिइनेछ ।
सो कार्यक्रममा पाष्टर राईले कार्यक्रममा सहभागिता जनाउने रक्तदाताहरुसहित प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी दमक शाखाका रक्तंसचार विभाग प्रमुख सिद्धार्थ दाहाल र सम्पुर्ण टिम, सञ्चारकर्मीहरु र स्वय्सेवकहरुलाई हार्दिका आभार व्य्रक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा सिनै नाजरिन चर्च अन्तर्गत झापाको विभिन्न स्थानका मण्डलीहरु, इलामको चुलाचुली गाउँपालिकाको विभिन्न मण्डलीहरु र मोरङ विभिन्न स्थानका मण्डलीहरुका प्रतिनिधित्व सहभागिता थियो ।
