दमक, ५ मंसिर–झापाको दमकमा मुख्य कार्यालयसहित मोरङ र इलाममा वित्तिय सेवा उपलब्ध गराउँदै आइरहेको फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सो सभामा फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२।०८३ मा सम्पन्न गरेका वित्तिय सेवा, प्रगती र आगामी आर्थिक वर्ष २०८३।०८४ का नीति, योजना र कार्यक्रमहरु पेश गरिएको थियो ।
त्यस्तैं, सोही वार्षिक साधारणसभाको उद्घाटनमा जेष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मान र सहकारी क्षेत्रमा कलम चलाउने दमकका एक जना सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष पदम (संकल्प) लिङ्देनको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा १५औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सो सभामा अध्यक्ष लिङदेनले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फवाट लेखा संयोजक वीरवहादुर लावतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही समारोहमा संस्थाले आर्थिक वर्ष २०८२।०८३ अन्तर्गत बचततर्फ उर्मिला समि, रिवाज बानिया, प्रविन दर्लामी, कुनदेवा जबेगु, उज्ज्वल खरेल राजकुमार कुरुम्बाङ, टेकबहादुर श्रेष्ठ, डेविड कन्दङ्वा, टंकी राजवंशी, तोयानाथ फागो, तिलबहादुर लिम्बू, मुकेशकुमार ठाकुरलाई पुरस्कृत गरिएको थियो ।

यस्तै, उत्कृष्ट ऋणीतर्फ कमला चाम्लिङ राई, बेन्जु राई, शान्तिदेवी भुजेल, निर्मला ढकाल, मन्जिल नेपाल, तेजकुमारी शेर्मा, सिता लिम्बू, प्रकाश खनाललाई सम्मानपत्रका साथ सम्मानित गरिएको थियो ।
सोहि सभामा जेष्ठ सेयर सदस्यतर्फ युगबहादुर लिम्बूू, पार्वती लिम्बू र धनमाया तिलिङलाई नगद, दोसल्ला ओढाउदै सम्मानपत्र प्रदान गरिएको थियो।
सो सभामा संस्थाका पूर्व लेखा सुपरिवेक्षण समितिका संयोजक लीलाराज तुम्बापो, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी ओझाले शुभकामना बिचारहरु राख्नुभएको थियो ।

संस्थाकी उपाध्यक्ष फुलकुृमारी नेम्बाङ आङ्दम्बेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको साधारणसभालाई संस्थाका प्रमुख व्यवस्थापक कुवेरप्रसाद तुम्बापो सञ्चालन गर्नुभएको थियो ।
संस्थाले यसअघि (कार्तिक २७ गते) दमकस्थित मुख्य कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सेवा केन्द्रहरुमा हुने इकाईगत वार्षिक साधारणसभाको तालिका र वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
गत कार्तिक ३० गते विर्तामोड , मंसीर २ गते झिलझिले , मंसीर ३ गते उर्लावारी सेवा केन्द्रमा त्यहाँका सेयर सदस्यहरु लक्षित इकाईगत साधारणसभा सम्पन्न गरेको थियो ।

