विर्तामोड, ६ मंसिर–ताप्लेजुङको सिरिजंघाबाट बेपत्ता तीन किशोरीको बिर्तामोडमा उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले आज बिहान उद्धार गरी आफन्तलाई जिम्मा लगाएको हो । मंसिर ३ गते ताप्लेजुङ सिरिजंघा गाउँपालिका ७ फरे बस्ने हिमाल लिम्बूकी छोरी वर्ष १६ की तुममाया लिम्बू (आइस्मा), उनकै बहिनी वर्ष १३ की मुनुलुङ लिम्बू र सोही ठाउँ बस्ने बिरहाङ लिम्बूकी छोरी बर्ष १६ की बिनु लिम्बू घरमा कोही कसैलाई जानकारी नगराइ बेपत्ता भएका थिए ।

आफन्त र नातागोता सबैतिर खोजी गर्दासमेत फेला नपरेपछि र ती किशोरीहरु बिर्तामोड एरियामा फेला पर्न सक्ने आशंका गर्दै उनीहरुका आफन्तले हिजो दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए ।

हुलियासहितको निवेदन परेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक मनिष लुइटेलको कमाण्डमा मातहतसमेतबाट प्रहरी परिचालन गरी आफन्तसँगको समन्वयमा खोजी कार्य शुरु गरिएको थियो ।

आज बिहान ९ः२५ बजे बिर्तामोडको नयाँ बसपार्कबाट उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई शंकास्पद अबस्थामा नभेटिएको बिर्तामोड प्रहरीले जनाएको छ । ती किशोरीहरुलाई आज नै आफन्तको जिम्मा लगाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *