दमक, ८ मंसिर–दमकमा बसोबास गर्ने प्रथम नागरिक धिमाल जातीलाई लाईफ लाइन अस्पताल दमकले उपचार सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।
दमकस्थित लाईफ लाइन अस्पताल र धिमाल जातीय विकास केन्द्र प्रमुखहरू बीच भएको सम्झौता पत्रमा सो सहमति भएको हो ।
अस्पताल परिसरमा भएको छोटो कार्यक्रममा अस्पतालका अध्यक्ष बालचन्द सुब्बा, सञ्चालक समिति सदस्य भीमप्रसाद पौडेल तथा धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यवाहक अध्यक्ष केदार धिमाल र प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका सहअध्यक्ष साथै पूूर्व उपमेयर मोहन धिमालले सम्झौता पत्रमा सर्युत्त रूपमा हस्ताक्षर गरेका हुन ।
स्वास्थ्य शिविर, सचेतना कार्यक्रम र अस्पतालमा अधययनरत्त विधार्थीबीच सास्कृतिक ,शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने लगायत बुदा सहमित भएको अस्पतालका प्रशासन प्रमुख सिमिक गिरीले जानकारी दिनुुभयो ।
सम्झौता कार्यक्रममा सहभागी मोहन धिमाल र सल्लाहकार कृण्ण धिमाल राखेको जिज्ञासाको जवाफ अस्पतालका अध्यक्ष सुब्बा, सञ्चालक डा सूर्यनारायण शाहले दिनु भएको थियोे ।
