दमक, १० मंसिर–कोशी प्रदेशका ईसाई धर्मावलम्वीहरुले यसवर्षको बडादिन अर्थात ख्रीष्टमसलाई विशेष उत्सवका साथ एकीकृत कार्यक्रम गरेर मनाउने भएको छ ।
कोशी प्रदेश इसाई समाजले यसवर्षको वडादिन अर्थात ख्रीष्टमसलाई झापाको दमकमा विशेष उत्सवका साथ वृहत सांगीतिक तथा कलाकार मान–सम्मानसहित शुभकामना आदानप्रदान गर्ने भएको हो ।
कोशी प्रदेश इसाई समाजका उपाध्यक्ष एबम् दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर आकाश थुलुङ राईले यसवर्षको ख्रीष्टमसलाई दमकमा पुस ५ गते आइतबार विशेष उत्सवका साथ मनाइने जानकारी दिनुभयो ।
स्थानीय व्यवस्थापन समितिका संयोजकको जिम्मेवारी पाउनुभएका कोशी प्रदेश इसाई समाजका उपाध्यक्ष पाष्टर थुलुङका अनुसार पुस ५ गते आइतबार दमक–८ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न हुँदैंछ ।
दमकमा प्रदेशस्तरीय वृहत ख्रीष्टमस कार्यक्रममा नेपाली संगीतका पुराना लोकप्रिय गायक कर्ण दास र चर्चित गायीका अञ्जु पन्तसहित अन्य गायक गायीका र कलाकारहरुको प्रस्तुती रहने व्यवस्थापन समितिका संयोजक पाष्टर थुलुङले बताउनुभयो ।
सो कार्यक्रममा कोशी प्रदेशमा बसोबास गर्ने जातीय परम्परा र संस्कृती झल्काउने पोशाकसहितका झ्याकी नाचको प्रदर्शन हुने पाष्ट थुलुङले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय ख्रीष्टसम सांगीतिक, कलाकार सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्न कोशी प्रदेश इसाई समाजले पाष्टर राजकुमार नाछिरिङ राईको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समारोह समिति गठन यसअघि नै गरिएको छ ।
कोशी प्रदेश इसाई समाजका अध्यक्ष पाष्टर बिक्रम वर्णवास एक्तेन लिम्बूको अध्यक्षतामा बसेको बैठकले दमकमा आयोजना गरिएको ख्रीष्टमस कार्यक्रमलाई सभ्य र भब्य ढंङ्गमा सम्पन्न गर्न मुल आयोजक समारोह समितिसहित विभिन्न समिति र उपसमितिहरु गठन गर्दै जिम्मेवारी तोकिएको छ ।
जसनुसार प्रदेश स्तरीय ख्रीष्टमस मुल आयोजक समारोह समितिका संयोजकमा पाष्टर राजकुमार नाछिरिङ राई रहनुभएको छ । पाष्टर नाछिरिङ दमक नगर इसाई समाजका पूर्वअध्यक्ष हुनुहुन्छ । वहाँ, कोशी प्रदेश इसाई समाजका सल्लाहकारसमेत हुनुहुन्छ । दमकमा सामाजिक क्षेत्रमा स्थापित व्याक्तित्वका धनी पाष्टर नाछिरिङ अन्तर धार्मीक शान्ति संञ्जाल झापाका अध्यक्ष हुनहुन्छ ।
त्यस्तैं, स्थानीय ब्यबस्थापन समितिको संयोजकमा कोशी प्रदेश इसाई समाजका उपाध्यक्ष पाष्टर आकाश थुलुङ राई,
स्वयंसेवक उपसमितिको संयोजकमा पाष्टर युबराज गजमेर, आर्थिक उपसमिति सम्योजकमा पाष्टर युबराज प्रधान हुनुहुन्छ ।
पाष्टर गजमेर दमकमा शैक्षिक संस्थाका सञ्चालक हुन् भने दमकको सामाजिक क्षेत्रमा क्रियाशिल युवा नेतृत्व हुनुहुन्छ । त्यस्तैं, पाष्टर प्रधान बौद्धिक व्यात्तित्व भएका विराटनगरवासी हुन् ।
बैठकले स्टेज ब्यबस्थापन समिति, प्रचारप्रसार समिति, सवारी पार्किङ समिति, प्राथमिक उपचार बिभाग, अतिथि सत्कार समिति, संगीत गायन झुन्ड समिति लगायतका समितिहरु परिचालन गरिएको छ ।
कार्यक्रममा अनुमानित ३५ लाख खर्च हुने र खर्च व्यवस्थापनका लागि इसाई धर्मावलम्वीहरुले स्वच्छिक रुपमा सहयोग गर्नेछन् भने मण्डलीहरुलाई निश्चित केही सा–सानो सहयोगको व्यवस्था गर्न भनिएको छ ।
सो कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट लगभग २० हजार भन्दा बढीको सहभागिता हुने उपेक्षा गरिएको छ । त्यसवीचमा ख्रीष्टमसको महिमासहित रेभ डा.समुयल सग्राम राई प्रमुख बक्ता रहनुभएको छ ।
