विराटनगर, २२ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ ।

प्रदेश १ मा सोमबार ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १५, सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बार्हदशी, अर्जुनधारा र गौरादहमा २–२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इनरुवा र धरानमा ३–३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको माईमा ५ , इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १–१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ ।

प्रदेश १ मा आज ७१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९६ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *