काठमाडौं, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुनेछ।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय सरोकारका विषयमा यसअघि पनि पटकपटक सर्वपक्षीय र सर्वदलीय छलफल गर्दै आएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *