काठमाडौं, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ।

देशमा राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका समूहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठ बोलाएका थिए।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए। त्यसैगरी राजाको मागसहित आन्दोलनरत राप्रपा नेता दीपक बोहोरा पनि बैठकमा सहभागी थिए।

त्यसैगरी बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारसमेत बैठकमा उपस्थित भएका थिए।

बैठकपछि पत्रकारहरुसँग बोल्दै राप्रपा नेता दीपक बोहोराले कोरोनामा नियन्त्रणमा सरकार असफल भएको कुरा राखिएको बताए। उनले भ्याक्सिन निशुल्क दिनुपर्ने कुरा पनि बैठकमा राखिएको बताए।

उनका अनुसार सडकको आन्दोलनबारे पनि नेताहरुले धारणा राखेका थिए। बैठकमा सडकमा चलिरहेको आन्दोलन रोक्नेबारे कसैले नबोलेको उनले जानकारी दिएका छन्।

ुराजसहितको लोकतन्त्र र हिन्दु राज्य कायम गर्ने बिषयमा सर्वदलीय बैठक राखौँ भन्‍ने कुरा हामीले राखेका छौुं, उनले भने, ‘सडकमा चलिरहेको आन्दोलनबारे कुरा भए पनि रोक्नेबारे कसैले धारणा राखेनन्।’

राप्रपा नेता वबैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *