दोमुखा (शिबसताक्षी), २३ मंसिर–झापाको दोमुखा धार्मीक तथा पर्यटकीय संस्थाको बिहिबार १०औं बार्षिक साधारणसभा हुने भएको छ । शिबसताक्षी-१० दोमुखास्थित मन्दिर प्राङ्गणमा हुने सभाले आर्थिक बर्षमा भएका कार्यलाई समेटिएको बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुनका साथै आगामी योजनाहरु सार्वजनिक गरिने भएको छ ।

संस्थाका अध्यक्ष धनकुमार लावोतीका अनुसार सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य सांसद हिरा थापाको को प्रमुख आतिथ्यता हुने छ । उनले आमन्त्रित अतिथिहरु र सहभागिहरुलाई अनिवार्य मास्क प्रयोेग गराइने र भौतिक दुरी कार्यम गर्दै सभा सञ्चालन गरिने बताए ।

कार्यक्रममा शिबसताक्षी नगरका जनप्रतिनिधिहरु, नगर स्तरीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, संस्थाका आजिवन तथा साधरण सदस्यहरुको उपस्थिति हुने अध्यक्ष लावोतीले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *