दमक, २४ मंसिर–झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् ।
दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यस्तै, शिवसताक्षी नगरपालिकामा १ जना महिला, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको छन् ।
आज मृत्यु हुनेमा २ जना पुरुष रहेका छन् । जसमा शिवसताक्षी नगरपालिका वडा नं।१० का ८५ वर्षीय र दमक नगरपालिका वडा नं ३ का ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
