शिबगञ्ज, २४ मंसिर–संघीय सांसद लालप्रसाद (एलपी साँवा) लिम्बू र प्रदेश सांसद झलकसिंह दर्लामी मगरले आज कनकाई, कमल-नियानी नदीबाट हुने कटान र डुवान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का क्षेत्रीय सहईचार्ज साँवा र प्रदेश १ का सांसद एबम् नेकपा प्रदेश कमिटिका सदस्य दर्लामीसहित स्थानीय जनप्रतिनिधि, इन्जिनियर र सरोकारवालाहरुको टोलीले सो नदीबाट प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी क्षेत्रीय सहसंयोजक रामबहादुर राईका अनुसार शिबसताक्षी–६ शिबगञ्ज बजार पुर्व र शिबसताक्षी–५ र ४ को पाँचगाछस्थित कनकाई नदीबाट प्रभावित क्षेत्रसहित कमल–बनियानी खोलाबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको हो । नेता राईले खासगरी कनकाई, कमल–बनियानीबाट वर्षेनी लगातारको बर्षा र बाढीसँगै खेती योग्य जमिन कटान गर्नुका साथै डुवान गरिरहेको समस्यालाई सामाधान गर्न र योजना सम्बन्धी योजना निर्माण गर्न अनुगमन गरिएको बताए ।
उनले अनुगमनको क्रममा सांसद साँवा, दर्लामीसहित जनताका तटबन्धको कार्यालय गैडे माइधारका प्रमुख रुप नारायण अधिकारी, नेकपा शिबसताक्षी नगर अध्यक्षल महेन्द्र भटराई, नगर सचिवालय सदस्य कमल लामिछाने, नगर सचिवालय सदस्य एबम् सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ, नेकपा नगर नेता एबम् सांसद साँवाका स्वकीय सचिव सिकिन पासवान, नेता शिब विमली, दिनेश तामाङ लगायत शिबसताक्षीका वडाका जनप्रतिनिधिहरु र स्थानीयवासी, पीडित कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।
फोटो फिचरः





