पथरी, २५ मंसिर–किरात राई यायोक्खा केन्द्रीय समितिले आगामी १२ औ राष्ट्रिय जनगणनामा किरात राई समुदायको बास्तबिक तथ्यांङक निकाल्ने उदेश्यले जनगणना अभियान सुरु गरेको छ ।

मंगलबार मोरङको कानेपोखरीमा आगामी १२ औ राष्ट्रिय जनगणनामा किरात राईहरुको भूमिका बारे छलफल भएको थियो । अन्तरकृया कार्यक्रमको आयोजना गरि जिल्ला अभियान समिती गठन भएको छ ।

अन्तरकृया कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश इन्चार्ज तिलकप्रसाद राई, केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, जिल्ला सल्लाहकार ज्ञानेन्द्र राई लगायतको उलस्थिति रहेको थियो ।

यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राईको संयोजकत्वमा भएको समितिमा प्रेमबहादुर राई, सीता राई, केदार राई, निता कुलुङ राई, अर्जुन कुलुङ राई, नारायण राई लगायत ४५ सदस्यीय समिती गठन भएको यायोक्खा जिल्ला सचिव केदार राईले बताए ।

यायोक्खाले जातिको महलमा राई, धर्मको महलमा किरात, भाषा र पूर्खाको भाषाको महलमा आ९आफ्नो थरगत भाषा र दोस्रो भाषाको महलमा नजिकको आफ्नै थरगत भाषा लेख्न लेखाउन अभियान थालेको छ ।

त्यसैगरी, गत मंसिर २० गते सुनसरीको धरानमा भएको भेलाले सुनसरीमा यायोक्खा जिल्ला अध्यक्ष बलराम राईको संयोजकत्वमा ६१ सदस्यीय समिति गठन भएको यायोक्खा १ नम्बर प्रदेश ईन्चार्ज तिलकप्रसाद राईले बताए ।

सुनसरीको कार्यक्रममा केन्द्रीय सदस्य कमला राई, नागेशचन्द्र राई नेपाल आदिबासी जनजाती महासंघ सुनसरी जिल्ला अध्यक्ष राम माण्डुपा राई, प्राध्यापक सुर्य राई लगायत उपस्थित थिए ।

यायोक्खाले केन्द्रीय महासचिव जनक राईको संयोजकत्वमा १२ औं राष्ट्रिय जनगणना अभियान केन्द्रीय उपसमिति गठन गरेर जिल्ला समितिहरु गठन भइरहेको यायोक्खा केन्द्रीय सचिब समेत रहेका प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

जिल्ला गठनपछि नगर र गाउँ/पालिका र वडासम्म अभियान समिती बनाएर आफ्नो समुदायलाई सचेत गराउन लागेको यायोक्खाले जनाएको छ । अभियानले राज्यको अंङ्ग केन्द्रीय तथ्यांक बिभागलाई समेत सहयोग पुग्ने यायोक्खाको दाबी छ ।

२०५८ मा भएको राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार एक सय ५१ जना रहेको राईको जनसङ्ख्या २०६८ मा १५ हजार एक सय ४७ जना घटेर ६ लाख २० हजार चारजनामा झरेको थियो । उक्त तथ्यांङ्क सहि नभएको यायोक्खाले दाबी गर्दै आएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *